• १५ चैत २०८०, बिहिबार

बागलुङ २ को (ख) मा कांग्रेसका दीर्णकुमार कुवँर विजयी

blog

बागलुङ, मङ्सिर ११ गते । बागलुङ निर्वाचित क्षेत्र नं. २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर १२ हजार ४२१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

कुवँरका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवरा लक्ष्मण पुन मगरले आठ हजार ६८० मत ल्याउनुभएको छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार नरबहादुर गुरुङले ३४१ मत प्राप्त गर्नुभएको छ ।