• १६ चैत २०८०, शुक्रबार

बागलुङ १ (ख) मा कांग्रेसका डिल्लीराम सुबेदी विजयी

blog

बागलुङ, मङ्सिर ११ गते । बागलुङ निर्वाचित क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी विजयी हुनुभएको छ । उहाँले १३ हजार ३७९ मत प्राप्त गर्नुभएको छ ।

सुबेदीको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार नवराज पौडेलले सात हजार २५९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गोविन्द्र सापकोटाले ६३० र मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार सहवीर थापाले २५५ मत ल्याउनुभएको छ ।