• १२ साउन २०८१, शनिबार

नुवाकोट १ को (ख) मा कांग्रेसका रमेशकुमार महत विजयी

blog

नुवाकोट, मङ्सिर ११ गते । नुवाकोट निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत विजयी हुनुभएको छ । महतले १३ हजार ७२७ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पूर्णलाल श्रेष्ठले ११ हजार ८३१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विमल थापाले तीन हजार ९२ मत प्राप्त ल्याउनुभएको छ ।