• १५ वैशाख २०८१, शनिबार

काभ्रेपलाञ्चोक २ को (ख) मा कांग्रेसका कञ्चनचन्द्र वादे विजयी

blog

काभ्रेपलाञ्चोक, मङ्सिर ११ गते । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादे विजयी हुनुभएको छ । उहाँले २६ हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

वादेको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार कुमार थापाले २१ हजार ९५७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामकृष्ण लामा (तामाङ) ले तीन हजार ५३५ मत प्राप्त गर्नुभएको छ ।