• १२ साउन २०८१, शनिबार

लमजुङ १ (ख)मा कांग्रेसका भेषबहादुर पौडेल विजयी

blog

लमजुङ, मङ्सिर ११ गते । लमजुङ निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार भेषबहादुर पौडेल विजयी हुनुभएको छ । पौडेलले १९ हजार ५६० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

निर्वाचन आयोगका अनुसार उहाँ निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णप्रसाद अधिकारी १८ हजार ८१० मत प्राप्त गर्नुभएको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार तत् बहादुर गुरुङले एक हजार ९५७ मत प्राप्त गर्नुभएको छ ।