• १६ चैत २०८०, शुक्रबार

काठमाडौं ६ को (क) मा कांग्रेसका हरिप्रभा खड्गी विजयी

blog

काठमाडौं, मङ्सिर ११ गते । काठमाडौं निर्वाचन क्षेत्र नं. ६ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गी विजयी हुनुभएको छ । खड्गीले चार हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार निरेशलाल सिंह महर्जनले  तीन हजार ९३६ मत प्राप्त गर्नुभएको छ । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जगत सागर महर्जनले तीन हजार ७९९ मत प्राप्त गर्नुभएको छ ।