• १२ साउन २०८१, शनिबार

रुपन्देही ३ (ख) मा एमालेका चौधरी विजयी

blog

छविलाल पाण्डे
बुटवल, मङ्सिर १० गते ।
नेकपा (एमाले) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र ३ (ख) का उम्मेदवार तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ । एमालेका चौधरीले नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २०१ मतको अन्तरले पराजित गर्नुभएको हो ।

शनिवार सम्पन्न निर्वाचन परिणाम अनुसार चौधरीले १६ हजार ३९४ मत पाउँदा ढकालले १६ हजार १९३ मत प्राप्त गर्नुभयो । चौधरी २०७४ सालको निर्वाचनमा पनि लुम्बिनी प्रदेशसभा सदस्यमा सोही क्षेत्रबाट विजयी हुनुभएको थियो ।