• १२ पुस २०८१, शुक्रबार

धादिङ -२ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

blog

नेपाली कांग्रेसका रामनाथ अधिकारी ।

मुरारी अधिकारी

धादिङ, मंसिर ९ गते । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ। धादिङ कांग्रेसका जिल्ला समापति अधिकारीले नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गर्नुभएको हो।

कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाउनुभएको छ भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाउनुभएको छ। यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको थियो।