• १५ चैत २०८०, बिहिबार

बाँके १ मा एमोलका ढकाल विजयी

blog

सिराज खान
नेपालगञ्ज, मङ्सिर ९ गते । 
बाँके क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार एमालेका ढकालले मन्त्री अथकलाई पाँच हजार ३९४ मतान्तरले पराजित गर्नुहुँदै विजयी हुनु भएको हो ।

ढकालले २५ हजार २६ मत प्राप्त गर्नुभएको छ भने अथकले १९ हजार ६३२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ११ हजार ४६५ र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्लेले १० हजार ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।