• १३ वैशाख २०८१, बिहिबार

रामेछाप प्रदेश (क) मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

blog

नवराज श्रेष्ठ
रामेछाप, मङ्सिर ९ गते ।
 रामेछापको प्रदेशसभा सदस्य (क) मा नेकपा (माओवादी केन्द्र) का तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ ।

नेकपा (एमाले) का उम्मेदवार शान्तिप्रसाद पौडेललाई एक हजार ९९१ मतले पराजित गर्दै लोकतान्त्रिक वाम गठबन्धनबाट श्रेष्ठ बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

श्रेष्ठ १७ हजार १४८ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्वन्द्वी पौडेलले १५ हजार १५७ मत मात्रै प्राप्त गर्नुभएको छ ।

अहिले माओवादी केन्द्र रामेछापको जिल्ला सचिव रहनुभएका श्रेष्ठ २०६४ सालको संविधानसभा सदस्य समेत हुनुहुन्छ । श्रेष्ठ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मन्थली नगरपालिका प्रमुखमा पराजित हुनुभएको थियो ।