• १६ चैत २०८०, शुक्रबार

रुकुमपश्चिम प्रदेशसभा (क) बाट माओवादी केन्द्रका महेन्द्र केसी विजयी

blog

रुकुमपश्चिम प्रदेशसभा (क) बाट विजयी माओवादी केन्द्रका महेन्द्र केसी । तस्बिर : राजु लामिछाने

राजु लामिछाने
रुकुम पश्चिम, मङ्सिर ९ गते । 
रुकुम पश्चिम प्रदेशसभा (क) मा नेकपा (माओवादी केन्द्र)का महेन्द्र केसी विजयी हुनुभएको छ । केसीले १९ हजार ३३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नारायण कुमार शाहले आठ हजार ८१ मत प्राप्त गर्नुभएको छ । १० हजार ९५२ मतान्तरले केसी विजयी हुनुभएको हो ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विनोदकुमार शाहले एक हजार ११ मत प्राप्त गर्नुभएको छ । केसी वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुनुहुन्थ्यो ।