• १५ चैत २०८०, बिहिबार

सिन्धुपाल्चोक प्रतिनिधि सभा–२ मा कांग्रेसका बस्नेत विजयी

blog

चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर ९ गते । 
प्रतिनिधि सभा–२ मा नेपाली  कांग्रेसका मोहनबहादुर बस्नेत विजयी हुनुभएको छ ।

बस्नेतले ३९ हजार ३६७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरबहादुर तामाङले २७ हजार ४९३ मत प्राप्त गर्नु भएको छ । बस्नेत र तामाङबीच ११ हजार ८७४ मतान्तर रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर २ मा दुई पटक सङ्घीय सांसद जित्नुभएको एमालेका तामाङलाई भारी मतले पराजित गदै बस्नेत विजयी हुनु भएको हो । बस्नेत २०७० र २०५६ सालको निर्वाचनमा सांसदमा निर्वाचित भइसक्नु भएको छ । यो उहाँको तेस्रो पटकको जित हो ।