• ८ वैशाख २०८१, शनिबार

धनुषा क्षेत्र २ (क) बाट प्रदेशसभामा एमालेका दास निर्वाचित

blog

धर्बेन्द्र झा 

धनुषा, मंसिर ८ गते । धनुषा निर्वाचन क्षेत्र नं.२ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार लखन दास निर्वाचित हुनुभएको छ । उहाँले जनमत पार्टीका उम्मेदवार दिपेन्द्रकुमार यादवभन्दा चार हजार १५१ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो । 

दासले ११ हजार ५८१ मत ल्याउनुभएको हो भने उहाँको निकटतम प्रतिस्पर्धी दिपेन्द्रकुमार यादव सात हजार ४३० मत प्राप्त गर्नुभयो । प्रदेशसभाका लागि पहिलो पटक निर्वाचित हुनुभएका दासले प्रदेशको नीति निर्माण र विकासका कामकाजमा इमान्दारितापूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

दलित नेताको रुपमा आफनो छुट्टै पहिचान बनाउनुभएका दासले दलित, अल्पसंख्यक समुदाय अहिले पनि विभेदको सिकार हुनेगरेको भन्दै त्यसविरुद्धमा आफु सदैव कामकाज गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।