• १२ साउन २०८१, शनिबार

कास्की २ (ख) मा कांग्रेसका थापा विजयी

blog

सन्तोष सुवेदी

कास्की, मङ्सिर ८ गते । गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका बिन्दुकुमार थापा विजयी हुनुभएको छ । उहाँ कास्की २ (ख) बाट विजयी हुनुभएकाे हो । एमालेकी मिना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले उहाँ पराजित गर्नुभएको हो ।

थापाले ९ हजार २ सय ७९ र गुरुङले ७ हजार ९ सय ७९ मत प्राप्त गर्नुभयो। राप्रपाका अरुण गिरीले ३ हजार ९ सय २ मत प्राप्त गर्नुभयो । कांग्रेसका थापा दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।