• १६ चैत २०८०, शुक्रबार

बैतडी प्रदेशसभा (ख) मा कांग्रेसका शिवराज भट्ट विजयी

blog

बैतडी प्रदेश सभा (ख) बाट विजयी शिवराज भट्ट। फाइल तस्बिर

गोकर्ण दयाल

बैतडी, मङ्सिर ७ गते । बैतडी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका  शिवराज भट्ट विजयी हुनुभएको छ। 

भट्टले १७ हजार १५२ मत लिएर विजयी हुनुभएको हो। उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का लीलाधर भट्टले १६ हजार ७१६ मत प्राप्त गर्नुभएको छ। 

२०३६ सालदेखि नेविसंघबाट राजनीतिक यात्रा सुरु गर्नु भएका भट्ट अर्थशास्त्र विषयमा स्नातकोत्तर र कानुन विषयमा स्नातक तहसम्मको अध्ययन गर्नु भएको छ।