• १५ वैशाख २०८१, शनिबार

गुल्मी –२ को प्रदेश सभा (क) मा एमालेका भुसाल विजयी

blog

तिलाचन पाण्डे

तम्घास, मङ्सिर ७ गते । गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी बन्नुभएको छ । भुसालले गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका भुवन श्रेष्ठलाई एक हजार ५० मतान्तरले पराजित गर्नुभएको हो ।

भुसालले १४ हजार ९३० मत प्राप्त गर्नुभएको हो भने श्रेष्ठले १३ हजार ८८० मत प्राप्त गर्नुभएको छ । यद्यपि निर्वाचन आयोगले भने अन्तिम परिणाम घोषणा गर्न बाँकी छ ।