• १४ वैशाख २०८१, शुक्रबार

ललितपुर २ मा एमालेका उम्मेदवार महर्जन निर्वाचित

blog

ललितपुर क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएका नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन । तस्बिर : विकास द्वारे

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर ५ गते । ललितपुर निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । मतगणनाको परिणामअनुसार महर्जन १९,७३४ मतसहित निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०,४४० मत ल्याएर दोस्रो स्थान बनाउनुभयो । निर्वाचन आयोगले आधिकारिक रुपमा विजयीको घोषणा गर्न भने बाँकी छ । 

प्राप्त परिणामअनुसार ललितपुर –२ मा घण्टी चिह्नका उम्मेदवारले १०,१३६, कलम चिन्हका उम्मेदवारले ९,५३९ र हलो चिन्हका उम्मेदवारले ७,७९९ मत प्राप्त गर्नुभएको छ ।