• ११ मंसिर २०८१, मङ्गलबार

जाडोयाम सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामी घटे

blog

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २२ गते । निरन्तरको वर्षापछिको चिसो र जाडो समय सुरु भएसँगै अस्पतालमा डेंगुका बिरामीहरू कम हुँदैगएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैं सुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदैगएको देखिएको हो । 

डेंगुको सङ्क्रमण खासगरी एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्छ । दशैं अघिसम्म देशभर डेंगु महामारीले आक्रान्त बनाए पनि जाडोयाम सुरु भएसँगै डेंगुको सङ्क्रमण कम हुँदैगएको चिकित्सकहरूको भनाइ छ ।

जाडो सुरु भएसँगै बिरामीहरू अस्पताल कम आउनेगरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना बिरामी उपचाररत हुनुहुन्छ । एक जना आइसियुमा उपचाररत हुनुहुन्छ ।

जाडो शुरु भएसँगै बिरामीहरु अस्पताल कम आउनेगरेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।

 त्यस्तै, इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेको उहाँले बताउनुभयो । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरू भने यस वर्ष विगतको तुलनामा कम रहेको बताउनुभयो । दशैंको बेला अस्पतालले डेंगु बढ्ने भन्ने अनुमान गरेर आवश्यक तयारी गरिए पनि बिरामीहरू कम भएको उहाँको भनाइ छ । 

सबैले लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्ने, लोसनको प्रयोग गर्ने, पूरा बाहुला भएको लुगा लगाउने, घर वरपर पानी जम्न नदिने, घर वरपर सफा राख्ने गरेमा डेंगीबाट बच्न सक्ने उहाँले बताउनुभयो । डेंगुको प्रकोप अझै रहने भएकाले केही समयसम्म सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउन उहाँले आग्रह गर्नुभयो । 

अस्पतालमा साधारण बेडमा ११ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । आइसीयुमा एक जना हुनुहुन्छ । इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो आइराख्नुभएको छ ।

उहाँले भन्नुभयो, “अहिले हामीले डेंगीको प्रकोप झेलिरहेका छौँ । अस्पतालमा साधारण बेडमा ११ जना भर्ना भएर उपचाररत हुनुहुन्छ । आइसियुमा एक जना हुनुहुन्छ । इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो आइराख्नुभएको छ ।” 

त्यसैगरी टेकु अस्पतालमा ५ जना सर्पले डंसेका बिरामी भर्ना भएर उपचाररत हुनुहुन्छ । डेंगीका बिरामीको सङ्ख्या भने पहिलाको भन्दा घटेको छ गौतमले भन्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभर भएको केही दिनको निरन्तर वर्षाले झाडापखाला, हैजा र डेंगीको खतरा बढेकाले सतर्क रहन आग्रह गरेको छ ।