• ८ वैशाख २०८१, शनिबार

भारत हुँदै कुवेत लैजान लागेका चार महिलाको नवलपरासीबाट उद्धार, एक पक्राउ

blog

महिलाहरुलाई रोजगारीको बहानामा भारत हुँदै कुवेत लैजाने काममा संलग्न गोरख दमाईलाई । तस्बिर : गोपी ज्ञवाली

गोपी ज्ञवाली ।
नवलपरासी, असोज ११ गते । 
देशका विभिन्न स्थानका महिलाहरूलाई रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ ।

जागिर खान एक रुपियाँ पनि नलाग्ने भन्दै मानव तस्करले नवलपरासीको महेशपुर नाकाबाट भारत लैजान लागेको अवस्थामा काभ्रेका दुई जना, सिन्धुलीका एक जना र धनकुटाका एक जना गरी चार महिलालाई माइती नेपाल र प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताउनुभयो ।

भारतमा विना लगानीमा काम पाउने भन्दै झुक्याएर भारतको बाटो हुँदै कुवेत लैजान लागिएका महिलाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस कार्यमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट–४ बाडीपीडित बस्ने ३५ वर्षीय गोरख दमाई  छन् । यसैगरी, अन्य मानव बेचबिखनको कार्यमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले बताइएको छ ।

पछिल्लो   समय नवलपरासीका मानव तस्करले महिलालाई भारत लैजाने गरेका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।