• २३ असार २०८१, आइतबार

बालबालिकालाई दोस्रो मात्रा खोप

blog

सर्लाही समाचारदाता

सर्लाही, असोज ७ गते । सर्लाहीमा बुधबारबाट पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा फाइजर खोप लगाउन सुरु गरिएको छ। 

जिल्लाका अधिकांश पालिकाले बुधबारबाट खोप कार्यक्रम सुरु गरेको जिल्ला स्वास्थ्य कार्यालय मलङ्गवाका निमित्त प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लाका २० वटै पालिकामा खोप र अन्य आवश्यक सामग्री पुगिसकेको छ।

स्वास्थ्य कार्यालयले बुधबारबाट दोस्रो मात्रा खोप लगाउन पत्राचार गरे पनि तयारी नपुगेको भन्दै केही पालिकाले भने बिहीबारबाट मात्रै खोप कार्यक्रम अघि बढाउने तयारी गरेका छन्। खोप लगाउनका लागि पालिकाहरूले विद्यालयमै स्वास्थ्यकर्मी परिचालन गरेका छन्। जिल्लामा पाँच वर्षदेखि १२ वर्षमुनिका एक लाख ४० हजार बालबालिकाले केही साताअघि फाइजर खोपको पहिलो मात्रा लगाएका थिए।