• ४ वैशाख २०८१, मङ्गलबार

उत्पादकत्व वृद्धिका लागि सहयोग

blog

काठमाडौँ, भदौ ३० गते । एसियाली विकास बैङ्कले किसानको जीविकोपार्जनका लागि करिब आठ अर्ब ८४ करोड रुपियाँ (सात करोड अमेरिकी डलर) ऋण सहयोग स्वीकृत गरेको छ । 

यसमा छ करोड डलर सहुलियतपूर्ण ऋण सहायता र बाँकी एक करोड डलर एसिया विकास कोषबाट अनुदान सहायता रहेको बैङ्कले जनाएको छ । उक्त सहयोग रकमले प्रदेश बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा सम्भावित खाद्य असुरक्षाको जखिम कम गर्न तथा फलफूलको उत्पादन र उत्पादकत्व वृद्धि गर्न योगदान गर्ने सो बैङ्कले जनाएको छ । 

यसबाट ३० हजार किसानले प्रत्यक्ष फाइदा लिनेछन् भने जलवायु परिवर्तनको असर सामना गर्ने गरी १० हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती गर्नमा प्रयोग गरिनेछ । यसबाट किसान समूह र सहकारी संस्थाहरूलाई लागत साझेदारी गर्ने गरी अनुदान दिइने बताइएको छ ।

सरकारले घोषणा गरेको फलफूल दशक (सन् २०१६–२०२६) कार्यान्वयन गरी पहाडी क्षेत्रको फलफूल खेतीलाई विस्तार गर्न सहयोग पुग्ने सो बैङ्कले जनाएको छ ।