• २६ पुस २०८१, शुक्रबार

तालाबन्दी हुँदा तलब पनि बन्द

blog

फाइल तस्बिर

काठमाडौँ, भदौ २८ गते । त्रिभुवन विश्वविद्यालयमा लागेको ताला खुलाउन विश्वविद्यालयका विभिन्न ११ वटा महाशाखा प्रमुखले आन्दोलनकारीलाई आग्रह गरेका छन्। 

उहाँहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर वार्ताको माध्यमबाट समस्या समाधान गर्न पनि दुवै पक्षलाई अनुरोध गरेका छन्। विश्वविद्यालय प्रशासनसँग विभिन्न माग राखेर नेपाल विद्यार्थी सङ्घले त्रिविमा गत असार २७ गतेदेखि ताला लगाएको छ। 

विद्यार्थीको आन्दोलनका कारण विश्वविद्यालयका कर्मचारीले गत असारदेखि तलब–भत्ता बुझ्न पाएका छैनन्। ताला खोल्ने विषयमा सकारात्मक पहल नभएकाले कर्मचारी तथा प्राध्यापकले दसैँमा पनि तलब–भत्ता नपाउने हो कि भन्ने चिन्तामा छन्। त्रिविमा करिब १५ हजार प्राध्यापक तथा कर्मचारी कार्यरत छन्। तालाबन्दीका कारण निवृत्त शिक्षक तथा कर्मचारीले पेन्सन पाउन सकेका छैनन्। उहाँहरूको निवृत्तिभरण तथा उपदान प्रक्रिया अघि बढाउन पनि सकिएको छैन। पटक–पटकको आन्दोलनले शिक्षक, कर्मचारी र सेवाग्राहीलाई निराश पारेको संयुक्त विज्ञप्तिमा उल्लेख छ।