• २२ असार २०८१, शनिबार

रुकुम पूर्वमा उम्मेदवार सिफारिस गर्न दलहरूलाई समस्या

blog

नेकपा एमाले जिल्ला कमिटीको बैठक । तस्बिर: जयमान बुढा मगर

रुकुम पूर्व, भदौ २० गते । दलहरूलाई आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि धमाधम उम्मेदवार सिफारिस गर्ने गृहकार्यको चटारो लागेको छ । जिल्लाका सबै दलहरूले  एकल उम्मेदवार भन्दा पनि दुई भन्दा बढी जनाको नाम माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाएका छन् । अहिले रुकुमपूर्वक अधिकांश दलहरूलाई उम्मेदवार सिफारिसको चटारो लागेको हो । आकाङ्क्षी धेरै हुँदा र भागबन्डा मिलाउँदा पनि दलहरूलाई भ्याई नभ्याई छ । 

नेकपा (एमाले) 

नेकपा (एमाले) ले प्रदेश सभा, प्रतिनिधि सभा र दुवै तर्फको समानुपातिक आकाङ्क्षी उम्मेदवार गरी २२ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश निर्वाचन (क) बाट प्रत्यक्ष उम्मेदवारको लागि आशा स्वर्णकार, तेजेन्द्र बुढा मगर र मोहनभक्त बुढा मगरलाई सिफारिस गरिएको छ । भने समानुपातिक तर्फ केशकुमारी तुलाचन, सारिका पुन मगर र दिपा सुनारलाई सिफारिस गरिएको छ । 

प्रदेश निर्वाचन (ख) बाट प्रत्यक्ष तर्फ पशुपति खड्का, लीलामणि गौतम, भावना बुढाथोकी र हरिहर पौडेललाई सिफारिस गरिएको जिल्ला कमिटीका सचिव गोपाल रेउलेले जानकारी दिनुभयो । समानुपातिक तर्फ खेममान खड्का, फत्ते ओली, रञ्जित नेपाली, रामलाल केसी र गोपाल सुनारलाई सिफारिस गरिएको सचिव रेउलेले बताउनुभयो । 

प्रतिनिधि निर्वाचन प्रत्यक्ष तर्फ टोपबहादुर ओली, कैलाशकुमार मल्ल र नुमेन्द्रा खड्का र समानुपातिक तर्फ नन्दलाल शर्मा, लक्ष्मीप्रसाद पुन मगर, निर्माण बुढा मगर र उपेन्द्रलाल कामीलाई सिफारिस गरिएको रेउलेले जानकारी दिनुभयो । 

नेपाली काँग्रेस

प्रदेश सभा, प्रतिनिधि सभा र समानुपातिक गरी नेपाली काँग्रेसले २५ जना आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश निर्वाचन (क) प्रत्यक्ष तर्फ तिलबहादुर घर्ती, धुत कुमार पुन (गुमाने), कुसुमदेवी पुन, बच्चू पुन, र पूर्णबहादुर मल्ललाई सिफारिस गरेको छ । समानुपातिक तर्फ जीतप्रसाद पुन, काजीमान घर्ती, कर्म चिज पुन, तेजेन्द्र खाम, जान बहादुर सेनलाई सिफारिस गरिएको जिल्ला कार्य समितिले जानकारी दिएको छ । 

यस्तै प्रदेश निर्वाचन (ख)बाट प्रत्यक्ष तर्फ गञ्जुसिङ बुढा, भीमबहादुर खड्का, दत्तबहादुर बस्नेत, धनबहादुर केसी र दन्दबहादुर विष्टलाई सिफारिस गर्दा समानुपातिक तर्फ सरिता बिसी, प्रकाश केसी, तिलकबहादुर बुढा, कमला खड्का केसी र पञ्चमान बुढाको नाम सिफारिस गरिएको छ । 

प्रतिनिधि निर्वाचन प्रत्यक्ष तर्फ हरि शङ्कर घर्ती, सत्यप्रकाश रोका र गोर्खलाल खड्का हुनु भने समानुपातिक तर्फ केशरमान रोका र भावना खड्कालाई सिफारिस गरिएको छ । 

नेकपा [एकीकृत समाजवादी]

प्रदेश निर्वाचन (क)बाट भीउमान घर्ती मगर, सुनिता बुढा, भागी प्रसाद बिक र काशीराम पुन उम्मेदवारका आकाङ्क्षीहरूको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । यस्तै प्रदेश निर्वाचन (ख)बाट भुवनेश्वर उपाध्याय, ललिता बुढा, केशव शाह र वसन्त गौतमको नाम सिफारिस गरिएको छ । 

प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकाराम उपाध्याय, मोहनबहादुर केसी, भक्त केसी र भारती नेपालीलाई उम्मेदवारको लागि प्रदेश कमिटीमा नाम सिफारिस गरिएको  नेकपा एस रुकुमपूर्वकले जानकारी दिएको छ । समानुपातिक तर्फ भने हाल जिल्ला कमिटीले नाम सिफारिस नगरेको जनाएको छ । 

नेकपा माओवादी केन्द्रले भने मङ्गलवार भोलि जिल्ला स्थित शीर्ष नेताहरूको बैठकबाट आकाङ्क्षी उम्मेदवारको नाम सिफारिसको लागि छलफल हुने जनाएको छ ।  

Author

जयमान बुढा मगर