• ८ वैशाख २०८१, शनिबार

भलिबल संघको अध्यक्षमा मास्केको उम्मेदवारी घोषणा

blog

नेपाल भलिबल संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै निरोज मास्के । तस्बिर : गोरखापत्र

काठमाडौं, साउन १७ गते । नेपाल भलिबल संघको भदौ २२ गते हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रमबीच मास्केले उम्मेदवारी घोषणा गर्नुभएको हो ।

वर्तमान उपाध्यक्ष समेत रहनुभएकी मास्केले भलिबल खेलको विकासका लागि विभिन्न बुँदे घोषणा पत्रसहित उम्मेदवारी घोषणा गर्नुभयो । मास्केको घोषणा पत्रमा भलिबल खेलको विकास र कार्यक्रमको नयाँ कार्यक्रमलाई प्राथमिकता दिईएको छ । घोषणा पत्रमा राष्ट्रिय खेलको मान्यता पाएको भलिबललाई ब्यवसायिक र संस्थागत विकास गरिने, भलिबलको खेलको पूर्वाधार निर्माण, खेलाडी, रेफ्री र प्रशिक्षकका लागि प्रशिक्षण, प्रोत्साहन तथा प्रशासनिक सुधारका कार्यक्रम पनि समावेश गरिएको छ ।

भलिबललाई संघीय संरचना अनुरुप प्रदेश, जिल्ल र स्थानीय तहसम्म लैजाने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने, राष्ट्रिय खेलको भावना अनुरुप भलिबललाई विद्यालय देखि विश्वविद्यालय तहको पाठ्यक्रमसम्म जोड्ने लगायत प्रतिबद्धता समेटिएको छ । चार बर्षे कार्यकालका लागि हुने निर्वाचनमा ७ जिल्ला, केन्द्रीय समिति, प्रदेश, क्लब, खेलाडी, प्रशिक्षक र रेफ्रीबाट गरी एक सय ३३ जना प्रतिनिधिले मत दिनेछन् । 

मास्केलाई संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, गंगाबहादुर थापा, सुदुरपश्चिम प्रदेशक खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंह, प्रदेश १ का खेलकुद सदस्य सचिव हंशराज वाग्ले लगायतले जितको लागि शुभकामना दिनुभएको थियो ।