• १२ साउन २०८१, शनिबार

साताका सात तस्बिर

blog

दैलेखको भगवतीमाई गाउँपालिका ४ राउटे चौरमा पानी बोकेर घरतर्फ जाँदै राउटे युवती । तस्बिर : विशाल सुनार


राजधानीको तार्केश्वर नगरपालिकास्थित घिमिरे गाउँका परम्परागत घर । गाउँमा आधुनिक घर बन्न थालेसँगै परम्परागत घर प्रयोग बिहीन बनेका छन् । तस्बिर  : सुजन गुरुङ्ग


भक्तपुर दरबार क्षेत्र । तस्बिर : विकाश द्वारे



गोरखाको आरुघाट गाउँपालिका– १, मान्वुको स्याम्चेतमा गएको भीषण पहिरो । गत बिहीबार गएको पहिराका कारणबाट स्याम्चेत गाउँका २६ घरपरिवार विस्थापित भएका छन् भने दुई घरमा पूर्ण क्षति पुगेको थियो । तस्बिर :दीपक श्रेष्ठ/रासस 


प्लास्टिकको पुनःप्रयोग । ललितपुरको बुङ्गमतिकी ७८ वर्षीया पञ्चमाया तुलाधर प्लास्टिकका झोला चकलेटको खोलबाट सुकुल बनाउनुहुन्छ  ।
प्लास्टिकको पुन: प्रयोगबाट वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएका सुकुल दुई हजार रूपियाँमा बिक्री भइरहेका छन् । तस्बिर  : कविता थापा


साउनको पहिलो सोमबार राजधानीको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि लाइन बसेका भक्तजन ।  तस्बिर : कविन अधिकारी


काठमाडौंको नयाँ सडक, इन्द्रचोक क्षेत्रमा मेहेन्दी लगाउँदै सर्वसाधारण । साउन महिनामा हरिया लुगा, हरिया तिलहरी पोते तथा मेहेन्दी लगाउने चलन छ  । तस्बिर : विकाश द्वारे