• २ फागुन २०८२, शनिबार

स्याङ्जा कारागारमा नेपाली सेनाको सुरक्षा

blog

जिल्ला कारागार स्याङ्जा । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, फागुन २ गते ।
फागुन २१ गतेको सङ्घीय निर्वाचन नजिकै आउदाँ पुतलीजार नगरपालिका –१ मा रहेको जिल्ला कारागारको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ ।

यहाँको सिंह शार्दुल गुल्म, आँधीखोला ब्यारेकबाट २५ जनाको टोली कारागार सुरक्षार्थ खटिएको हो । यसअघि उक्त कारागारमा नेपाल प्रहरीको टोलीले सुरक्षा दिँदै आएको थियो ।

निर्वाचनमा सुरक्षालाई हेरेर मन्त्रिपरिषद्को निर्णयअनुसार सुरक्षाका दृष्टिले अति संवेदनशील मानिएका कारागार तथा महत्त्वपूर्ण संरचनामा सेना परिचालन गर्ने नीति अनुसार सुरक्षाको जिम्मा दिइएको हो ।

मन्त्रिपरिषद्को निर्णयको कार्यान्वयनस्वरूप स्याङ्जा कारागारमा पनि सेना तैनाथ गरिएको बताइएको छ ।

सिंह शार्दुल गुल्म, आँधीखोला ब्यारेकका निमित्त गुल्मपती तथा सहसेनानी कल्याण थापाले स्याङ्जा कारागारमा सेनाको टोलीले जिम्मेवारी सम्हालेको बताउनुभयो । उहाँले सरकारको निर्देशनअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षा व्यवस्थापन अघि बढाइएको दिनुभयो ।

मुख्य गरेर निर्वाचनलाई हेरेर कारागार नेपाली सेनाको जिम्मा दिइएको बताउदै प्रमुख जिल्ला अधिकारी इश्वरी प्रसाद अर्यालले निर्वाचन सकिएसँगै सेना आफ्नै ब्यारेक फर्कने र नेपाल प्रहरीले जिम्मा लिने बताउनुभयो ।