• २८ माघ २०८२, बुधबार

मतदान स्थल यातायातको पहुँचबाहिर

blog

बाजुरा समाचारदाता 

बाजुरा, माघ २८ गते । बाजुराका १० मतदान स्थल यातायातको पहुँचभन्दाबाहिर रहेको पाइएको छ । बाजुराका सतहत्तर मतदान केन्द्रमध्ये हिमाली गाउँपालिका वडा नम्बर ३ हिमाल भक्ति मतदान केन्द्र निकै दुर्गम छ । अहिलेसम्म यहाँ न बिजुली छ न सडक यातायातको सुविधा रहेको हिमाली गाउँपालिका–३ का वडाध्यक्ष मङ्गल बढुवालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँ झन्डै ७० देखि ७६ मतदाता रहेका छन् । यी मतदाताका लागि अहिले हिमालीको गुम्बामा हिमाल भक्ति मतदान केन्द्र तय गरेको छ ।” गत वर्ष यहाँ हेलिकोप्टरमार्फत मतपत्र ढुवानी गरेको थियो । यो वर्षमा पनि त्यसै गरेर मतपेटीका ढुवानी हुन्छ बुढाले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा गएको प्रहरी निर्वाचनलगायतको सरोकारवाला टोलीले अनुगमन गर्दा यहाँका सतहत्तर स्थलमध्ये अझै १० मतदान स्थल यातायातको पहुँचभन्दाबाहिर रहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रका हिमाली गाउँपालिकामा पाँच, स्वामीकार्तिकखापर दुई, गौमुल, जगन्नाथ र त्रिवेणीमा एक/एक गरेर १० मतदान केन्द्र यातायातको पहुँचभन्दाबाहिर रहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख डोरेन्द्र निरौलाले बताउनुभयो ।

एकदमै टाढा रहेको मतदान केन्द्र भनेको हिमाली गाउँपालिका–३ को रिमाल भत्ति आवि गुम्बा हो । यहाँ अझै चार घण्टाभन्दा बढी पैदल यात्रा गर्नु पर्छ । यी केन्द्र सुरक्षाको हिसाबमा पनि धेरै संवेदनशील छन् । हिमाली गौमुलमा हेलिकोप्टरमार्फत मतपेटीका ढुवानी गर्ने र त्योबाहेक अन्य ठाउँका मतदान केन्द्रनजिक गाडी पुग्छन् । त्यहाँसम्म कडा सुरक्षाका साथ बोक्न लगाएर मतपेटीका ढुवानी गर्ने, त्यसपछि गाडीमा राखेर मतपेटीका मार्तडी ल्याउने व्यवस्था मिलाइको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।