• २७ माघ २०८२, मङ्गलबार

कञ्चनजङ्घा आधार शिविरको सरसफाइ

blog

कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा सरसफाइपछिको सामूहिक तस्बिर ।

साहारा लिम्बू 

फुङलिङ, माघ २७ गते । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन (हेक्याफ–३६०) ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो। 

स्वास्थ्य, वातावरण र जलवायुमा परिरहेको असर न्यूनीकरणका लागि काम गर्दैआएको हेक्याफ–३६० ले हिमाली क्षेत्रमा फोहरजन्य सामग्री शून्य बनाउने अभियान सुरु गरेसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा सरसफाइ गरेको छ।

हेक्याफ–३६० ले फोहोरको वर्गीकरण गरी सोहीअनुसार उचित र प्रभावका व्यवस्थापनमा ध्यान दिनुपर्ने कार्यलाई अभियानको रुपमा अघि बढाइएको जनाएको छ । यो सँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा फोहरजन्य सामग्रीको अवस्थाबारे अध्ययन समेत गरेको हो। 

मङ्गलवार फुङलिङमा आयोजित कार्यक्रममा हेक्याफ–३६० का कार्यकारी निर्देशक मोचन भट्टराईले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा फोहरजन्य सामग्रीको अवस्थाको अध्ययन भएको जानकारी दिनुभयो । उहाँका अनुसार हेक्याफ–३६० ले पाइलट प्रोजेक्टको रुपमा कञ्चनजङ्घा आधार शिविरमा फोहरजन्य सामग्रीको अवस्था र व्यवस्थापनको कार्य गरिएको थियो ।

सरसफाइको क्रममा करिव २७ किलोग्राम प्लाष्टिकजन्य फोहोर सङ्कलन भएको हिमाल सरसफाइ अभियानका एक अभियन्ता पिके शेर्पाले बताउनुभयो । सङ्कलित फोहोरलाई वर्गीकरण गरी उच्च प्रदुषण हुने फोहोरलाई काठमाडौँ लगिने शेर्पाले जानकारी दिनुभयो। 

लेखक बाट थप