• २७ माघ २०८२, मङ्गलबार

निर्वाचन आचार संहिता कार्यान्वयन गर्न माग

blog

मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम । तस्बिरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, माघ २७ गते । आगामी फागुन २१ गतेको निर्वाचनका लागि इलाममा निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रियामा आचारसंहिता कार्यान्वयनको माग गरिएको छ । 

निर्वाचन नजिकिंदै गर्दा जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, उम्मेदवारका प्रतिनिधि र सञ्चारकर्मीसँग आचारसंहिताका विषयमा छलफल गरेको हो । 

कार्यक्रममा आउँदो निर्वाचनका लागि अघिल्ला निर्वाचनको भन्दा निर्वाचन आचारसंहिता धेरै परिवर्तन भएको जानकारी दिइएको छ । जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयाँलले  यस पटकको निर्वाचनमा दल र उम्मेदवारले गर्न हुने र नहुने कार्यबारेमा जानकारी गराउनुुभएको थियो । 

‘पहिलाको निर्वाचनमाभन्दा आचारसंहिता केही परिवर्तन भएको छ । गएका निर्वाचनमा दल र उम्मेदवारले बाजा र गीत बजाउँदै हिंडेको थिए । यसपटक त्यसलाई  पूर्णतः बन्देज गरिएको छ । पर्चा र झण्डा तथा सवारीमा पनि आचारसंहिता लागूू गरिएको छ’ फुुयाँलले भन्नुुभयो ‘आचारसंहिताले तोकेभन्दा फरक गर्न पाइने छैन ।’ 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गीले अहिले जिल्लामा केही दलहरुले गाडिमा दल र राष्ट्रिय झण्डा राखेर हिंडेको, पाटीको व्याज लगाएको र टोपी प्रयोग गरेको पाइएको बताउनुु भयो । उहाँले दलहरुबिच सौहार्दता कायम राख्न पनि निर्वाचन अनुुगमन समिति सक्रिय हुनुुपर्ने धारणा राख्नुुभयो । 

नेकपा (एमाले) का जीवन शर्माले यो निर्वाचनलाई कसरी शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउने भन्नेमै आफूूहरु लागेको बताउनुुभयो । शर्माले जिल्लामा एमालेले निर्वाचन आचारसंहिता पालना गरेरै अघि बढिरहेको बताउनुुभयो । यस्तै, उम्मेदवार प्रतिनिधि बद्री खड्काले अहिले उम्मेदवारहरुले गाउँ–गाउँमा जाँदा सुुरक्षा चुुनौती महशुस गरेकाले उम्मेदवारको सुरक्षाका विषयमा गम्भीर हुनुुपर्ने धारणा राख्नुुभयो ।

यस्तै, नेपाली कम्युुनिष्ट पार्टीका प्रतिनिधि प्रभास शर्माले सम्बिन्धत निकायले सबै दल र उम्मेदवारलाई समान व्यवहार गर्नुपर्नै धारणा राख्नुुभयो । यस्तै, उम्मेदवार प्रतिनिधि शान्ता बस्नेतले अशक्त र उपाङ्गता भएका व्यक्तिका लागि सवारीको व्यवस्था गर्न आवश्यक रहेको बताउनुुभयो । 

यस्तै, जनता समाजवादीका जिल्ला अध्यक्ष छिकिन तामाङले आफ्नो पार्टी सबैसँग सदभाव कायम गरेर मतदाता माझ जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । तामाङले पछिल्लो समय राष्ट्रिय झण्डाको अत्यत्नै दूरुपयोग भएको र राष्ट्रिय झण्डाको सम्मान गर्नुपर्ने धारणा राख्नुुभयो ।  

नेपाल जनमुक्तिका इलाम –२ का यामबहादुर लिम्बूले राष्ट्रिय झण्डा दुुरुपयोगको नियन्त्रण गर्न आवश्यक रहेको बताउनुुभयो । राष्ट्रिय जनमुक्ति पार्टीकी प्रत्यक्ष उम्मेदवार पवित्रा तुम्बाहम्फे सबै दलहरुले आफ्ना कार्यकर्तालाई गलत टिक्काटिप्पणी गर्न नलगाउन निर्देशन दिन आवश्यक रहेको धारणा राख्नुुभयो । तुम्बाहम्फेले बाजागाजा साँस्कृतिक सम्पत्ति भएकाले धेरै नभए पनि च्याब्रुुङ, झ्याम्टा जे भए पनि एउटा बाजा बजाउन दिनुपर्ने धारणा राख्नुुभयो । 

राष्ट्रिय परिवर्तन पार्टीका छत्र राईले आचारसंहिता कडाइका साथ लागूू गर्नुपर्ने बताउनुुभयो । जिल्लामा दलहरुले एउटा सहमति गर्ने र अर्को प्रयोग गर्ने व्यवहार बढेको राईले बताउनुुभयो । अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलले आचारसंहिता पालना नगर्ने भनेको ठुला दल नै रहेको दाबी गर्नुभयो । 

गौतमले अशक्त, अपाङ्ता भएकालाई निर्वाचन आयोगले नै मतदानस्थलसम्म ल्याउन जिम्मेवारी लिनुुपर्ने अथवा अरुलाई जिम्मेवारी दिनुुपर्ने धारणा राख्नुुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका पूर्व सभापति सोमनाथ सुुसेलीले आचार संहिताले सञ्चारकर्मीलाई उपयुक्त स्थानबाट फोटो भिडियो खिच्न दिने व्यवस्था गरे पनि मतदान स्थलमा सञ्चारकर्मीलाई  त्यस्तो व्यवहार नहुने बताउनुुभयो । 

इलामका प्रमुुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कार्यक्रममा उठेका जिज्ञासाको उत्तर दिंदै निर्वाचनको प्रचार–प्रसारको काम फागुन ४ गतेबाट मात्र सुुरु हुने र त्यस अगावै निर्वाचन आचारसंहिताको जानकारी गराइएको बताउनुुभयो । प्रजिअ ढकालले अहिले उठेको दलहरुले प्रयोग गरिरहेको चुनाव चिन्हसहितको व्याजप्रति ध्यानाकर्षण भएको बताउनुुभयो । ढकालले उम्मेदवाहरुको सुरक्षाप्रति गम्भीर रहेको र उम्मेदवारहरुको बास बस्ने स्थानलाई प्राथमिकता दिएको बताउनुुभयो । 

दुुई निर्वाचन क्षेत्र रहेको इलाममा २७ जना उम्मेदवार चुनामी मैदानमा हुुनुुहुन्छ । जिल्लामा कुल दुुई लाख ३१ हजार ८०९ जना रहेका छन् । जिल्लामा यस पटक आगामी निर्वाचनका लागि जिल्लामा १५० मतदानस्थल र २९० मतदानस्थल रहेको छ ।