• २७ माघ २०८२, मङ्गलबार

‘नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सधैँ साथ रहन्छ’

प्रधानमन्त्री र भारतीय राजदूतबिच भेटवार्ता

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुहुँदै भारतीय राजदूत नवीन श्रीवास्तवलगायत प्रतिनिधि । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, माघ २७ गते। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ।

मङ्गलबार सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उहाँले यस्तो बताउनुभएको छ। मुलुकको विशेष अवस्थामा हुन लागेको निर्वाचनलाई सहज रूपमा सम्पन्न गर्न सवारी साधन लगायत विभिन्न सामग्री उपलब्ध गराएकोमा प्रधानमन्त्री कार्कीले धन्यवाद दिनुभएको हो।

जवाफमा भारतीय राजदूत श्रीवास्तवले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको सदैव साथ रहने र मित्रवत् छिमेकीका नाताले सहयोग गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभयो। 

निर्वाचनपछि नेपालले हासिल गर्ने लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि पनि महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो।