ढाका, माघ २७ गते । बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारी तथा राजनीतिक उम्मेदवारले मतदान तालिका, अभियान गतिविधि लगायतका प्रमुख घटनाक्रमले तिव्रता पाएको जनाइएका छन् ।
बङ्गलादेश निर्वाचन आयोग सचिवालयका वरिष्ठ सचिव अख्तर अहमदले मतदान अघि सुरक्षा र गलत सूचना सम्बन्धी चिन्तालाई सम्बोधन गर्नुभएको छ । अख्तर अहमदलाई उदृत गर्दै एएनआइले अगामी फेब्रुअरी-१२ तारिखको बिहान ७:३० देखि मतदान सुरु गर्ने तयारी भइसकेको जनाएको छ ।
सुरक्षा सम्बन्धी चिन्तालाई सम्बोधन गर्दै अख्तर अहमदले भन्नुभयो । मेरो बुझाइमा, त्यहाँ कुनै सुरक्षा खतरा तथा सुरक्षा चिन्ता छैन, सबै कुरा व्यवस्थित छ । उहाँले गलत सूचनासँग सम्बन्धित चिन्तालाई उजागर गर्दै गलत सूचनाले समस्या सिर्जना गर्न सक्ने बताउदै यो डर नभई चिन्ताको विषय भएको उल्लेख गर्नुभएको छ ।
मतदानको मिति नजिकिँदै जाँदा, उम्मेदवारले घरदैलो अभियान र्याली, सार्वजनिक सम्बोधन, लगाएतका प्रयास तिव्र परेका छन् भने राजनीतिक अभियान अन्तिम चरणमा प्रवेश गरेको छ । बङ्गलादेशको निर्वाचन कानुन अन्तर्गत मतदान सुरु हुनु भन्दा ४८ घण्टा अघि आधिकारिक प्रचार अभियान समाप्त हुन्छ । मतदान फेब्रुअरी-१२ बिहान ७ : ३० बजे सुरु हुने र प्रचार अभियान फेब्रुअरी-१० को साँझ ७: ३० बजे समाप्त हुने जनाइएको छ ।
चुनाव प्रचारको अन्तिम समयमा ढाका-१३ निर्वाचन क्षेत्रका लागि बङ्गलादेश राष्ट्रवादी पार्टीका उम्मेदवार बबी हजाजले मतदाताको उत्साहजनाक सहभागिताबारे आशा व्यक्त गर्नु भएको छ । बङ्गलादेशमा सन् २०२४ जुलाईको विद्रोहपछि व्यापक राजनीतिक अस्थिरताकोे बिचमा हाल संसदीय चुनाव हुन गइरहेको छ । रासस/एएनआई