• २७ माघ २०८२, मङ्गलबार

श्रेष्ठलाई अन्तर्राष्ट्रिय पत्रकारिता सम्मान

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २७ गते । भारतको नयाँ दिल्लीस्थित भारतीय विद्यापीठ र सार्क जर्नालिस्ट फोरम इन्डिया चाप्टरले नेपालका नृपेन्द्रलाल श्रेष्ठलाई युगल किशोर शुक्ला 

अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरेको छ । नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रेष्ठसँगै भारतका शशिभूषण कुमारलाई पनि सम्मानित गरिएको थियो । 

‘दक्षिण एसियाको शान्ति स्थापना र सहयोगमा पत्रकारिताको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा श्रेष्ठ सम्मानित हुनुभएको हो । सो सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान, भुटान,लगायतका देशबाट आएका पत्रकारबिच छलफल भएको छ ।