• २७ माघ २०८२, मङ्गलबार

कुखुराको अवैध मासुसहित एक जना पक्राउ

blog

राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) माघ २७ गते ।
स्याङ्जा प्रहरीले सोमबार कुखुराको अवैध मासुसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले ग २ च १६७८ नम्वरको जिपमा राखेर वालिङबाट पोखरा तर्फ लैजादै गरेको अन्दाजी ४९५ केजी कुखुराको मासु बरामद गरेको हो ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ बसपार्कमा चेकजाँच गर्ने क्रममा मासु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले जिपलाई नियन्त्रणमा लिनुका साथै चालक वालिङ नगरपालिका–९ का २१ वर्षीय सन्दिप सार्कीलाई पक्राउ गरेको छ । कुल बक्समा नराखी पोको पारेर कागजात बिना पोखरा तर्फ लगिँदै गरेकाले मासु सङ्कास्पद रहेको प्रहरीको भनाइ छ ।

यसबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।