शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २४ गते । म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमशृङ्खलाको मनोरम दृश्य । एक साताअघि भएको हिमपातले धवलागिरि सेताम्मे भएको छ ।
बेनीबजारदेखि करिब ३० मिनेटको सवारी साधनको यात्रापछि पुग्न सकिने तोरीपानी पर्यटकीय गाउँका रूपमा विकास हुन थालेको छ । यहाँ आउने पाहुनाको सुविधाका लागि तोरीपानी सामुदायिक घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ ।

समुद्री सतहदेखि एक हजार ७५० मिटर उचाइमा अवस्थित तोरीपानीको पृष्ठभूमिमा धवलागिरि र अन्नपूर्ण हिमाल देखिन्छन् । मसलेदार फल टिम्मुर खेतीका लागि तोरीपानी प्रसिद्ध छ । तोरीपानीको शिरमा पर्यटकीय स्थल टोड्के, ऐतिहासिक स्थल ढोलथान दरबार र धार्मिक स्थल जगन्नाथ रहेका छन् ।
