• २८ पुस २०८२, सोमबार

प्रहरी हवल्दार कार्यालयमै मृत फेला

blog

मृतक प्रहरी हवल्दारलाई नेपाल प्रहरीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिँदै । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, पुस २८ गते । सल्यानमा एकजना प्रहरी हवल्दार मृत फेला पर्नुभएको छ ।जिल्ला प्रहरी कार्यालयमा कार्यरत हवल्दार ४१ वर्षीय भीमबहादुर केसी कार्यकालकै ओछ्यानमा मृत भेटिनुभएको हो । 

दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं–८ दुधेना घर भई भई जिल्ला प्रहरी सल्यानमा कार्यरत उहाँ सुतेकै ठाउँमा मृत भेटिएको सल्यान प्रहरी प्रमुख डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो ।

मृतक भीमबहादुर प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार पदमा बढुवाको सूचीमा पर्नुभएको थियो ।

शनिबारको ड्युटी पुरा गरी साँझको खाना खाएर सुतेका उहाँ आइतबार बिहान ६ बजेको पिटीमा सामेल नभएपछि उठाउन जाँदा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 प्रहरीका अनुसार जिल्ला अस्पताल सल्यानका चिकित्सकले भीमबहादुरलाई हृदयघात भएको जानकारी दिएका थिए ।घटनाबारे तत्काल उहाँका आफन्त तथा परिवारलाई जानकारी गराइएको थियो ।

जिल्ला प्रहरी प्रमुख केसीले मृतकको पार्थिव शरीरमा नेपाल प्रहरीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । पोस्टमार्टम पश्चात शव आफन्तले बुझी अन्त्येष्टिका लागि दाङ लगेको प्रहरीले जनाएको छ ।