शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २८ गते ।सप्तरीको शम्भुनाथ नगरपालिकामा घुर ताप्ने क्रममा जलेर एक महिला घाइते हुनुभएको छ।
नगरपालिकाको वडा नम्बर १ स्थित खोक्सरमा घुर ताप्ने क्रममा स्थानिय ६० वर्षीया भुलन देवी ठाकुर जलेर घाइते हुनुभएको हो।
आइतबार साँझ करिब आफ्नै घरभित्र घुर बालेर आगो ताप्ने क्रममा लगाएको साडीमा अचानक आगो सल्कँदा उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।
आगलागीबाट ठाकुरको दुबै हात, दुबै खुट्टा, पेट तथा पछाडिको ढाड गरी करिब ४० प्रतिशत शरीर जलेको छ ।घाइते उहाँलाई उपचारका लागि टिचिङ अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ ।