काठमाडौँ, पुस २८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ ।
यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ५५ पैसा र बिक्रीदर १६८ रुपियाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपियाँ ९६ पैसा र बिक्रीदर १९३ रुपियाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २७ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ४८ पैसा र बिक्रीदर १०३ रुपियाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ८२ पैसा र बिक्रीदर ११२ रुपियाँ २९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १२ पैसा र बिक्रीदर नौ रुपियाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६३ पैसा र बिक्रीदर २० रुपियाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९ रुपियाँ ५५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३४ पैसा र बिक्रीदर ३५ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६४ पैसा र बिक्रीदर १५ रुपियाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४२ पैसा र बिक्रीदर २२ रुपियाँ ५१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४७ पैसा र बिक्रीदर १८ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपियाँ ८० पैसा र बिक्रीदर ४७२ रुपियाँ ७६ पैसा , बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपियाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ९३ पैसा र बिक्रीदर ३७५ रुपियाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस