• २७ पुस २०८२, आइतबार

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

blog

इमान सिं राना

रामपुर (पाल्पा), पुस २६ गते । रामपुर नगरपालिका –८, कुमराङमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रामपुर –८ पिल्टार बस्ने ५० वर्षीय डोलबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ रामपुरबाट भुजाततर्फ जाँदैगरेको लु २० प ५८९७ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदैगरेको लु ६८ प ८८०० नम्बरको मोटरसाइकल कालीगण्डकी करिडोर सडकखण्ड अन्तर्गत कुमराङमा ठोक्किएर दुर्घटना भएको थियो । 

इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार दुर्घटनामा लु ६८ प ८८०० का चालक डोलबहादुर, लु २० प ५८९७ नम्बरको चालक रामपुर नगरपालिका –८, धारापनी बस्ने २१ वर्षीय करण श्रेष्ठ र सोही मोटरसाइकल पछाडी सवार २३ वर्षीय गिरमान श्रेष्ठ घाइते हुनुभएको थियो ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि रामपुर अस्पताल ल्याइएको थियो । गम्भीर घाइते डोलबहादुर कुमालको उपचारको क्रममा रामपुर अस्पतालमा निधन भएको प्रहरी निरीक्षक सुनारले बताउनुभयो । घाइतेमध्ये करणको अवस्था गम्भीर र गिरमानको अवस्था मध्यम रहेको छ । उहाँहरुलाई रामपुर अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन रेफर गरिएकोे प्रहरी जनाएको छ । 

लु ६८ प ८८०० को मोटरसाइकलले अगाडी रहेको नम्बर नखुलेको कारलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।