• २७ पुस २०८२, आइतबार

‘समृद्ध मधेश बनाउने अभिभारा काँधमा छ’

blog

लहान नगरपालिका –१ मुख्यचोकमा रहेका मधेश आन्दोलनमा सहादत्त प्राप्त गरिएका सहिदहरुको शालिकमा मधेश प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ता । तस्बिरः जीवछ यादव

जीवछ यादव 

लहान, पुस २६ गते । मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री राजकुमार गुप्ता (राजु) ले सुन्दर र समृद्ध मधेश प्रदेश बनाउने अभिभारा काँधमा आएको बताउनुभएको छ । 

मधेश आन्दोलनको जननी भूमि लहानमा रहेका सहिदहरुको शालिकमा माल्यार्पण गर्दै यस्तो बताउनुभएको हो । मधेश आन्दोलनमा सहादत्त प्राप्त गरिएका सहिदहरु रमेश महतो, विजय सहनी, बेचन यादव, प्रमोद सदाय र मोहम्मद अनिस अन्सारीको शालिकमा माल्यार्पण गर्दै मन्त्री गुप्ताले भन्नुभयो, ‘‘अबको यात्रा समृद्धि विकास नै हो । जनतातले चाहेको पर्णिाम दिन नसकेर देशमा जेनजी विद्रोह भएको हो ।”

जनभावनाअनुसार काम नभएको असन्तुष्टिहरु सम्बोधन गर्न सहिदलाई साक्षी राखेर काम गर्नुपर्ने महसुस गरेर मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएको उहाँले बताउनुभयो । 

आफू मधेश आन्दोलनबाट स्थापित र निर्वाचित जनप्रतिनिधि भएकाले जनभावना अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘‘मधेश प्रदेश सुगम र सम्भावना भएको प्रदेश भए पनि विकासको गति लिन सकेको छैन । वर्तमान मधेश सरकारले देखिने र महसुस गरिनेगरी काम गर्नतिर उन्मुख छ’’ उहाँले भन्नुभयो ।

मधेशको जीवनरेखाको रुपमा रहेको कमला पुल निर्माण गाउँलाई सहरसँग जोडने प्रदेशस्तरीय सडक निर्माण कार्य प्राथमिकतामा राखिएको उहाँले प्रष्ट पार्नुभयो । सबैको सहयोग सहमति सहकार्यबाट नै विकास सम्भव रहेकाले बजेट पारदर्शी र समयमा निकासा गरेर अनुगमनको पाटोलाई व्यावहारिक र सामयिक बनाउने मन्त्री गुप्ताले दृढता व्यक्त गर्नुभयो ।