काबुल, पुस २६ गते । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको खास जिल्लाको बहुमूल्य र ढुङ्गाको खानीमा शुक्रबार कार्बन मोनोअक्साइड विषाक्तताबाट कम्तीमा चार जना खानी मजदुरको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता एहसानुल्लाह कामगरले पुष्टि गर्नु भएको छ ।
प्रहरीका अनुसार भूमिगत कार्यस्थलभित्र विषाक्त ग्यास जम्मा भएपछि मजदुरको निसास्यिर मृत्यु भएको थियो । अधिकारीका अनुसार मृतकको शव बरामद गरी परिवारलाई हस्तान्तरण गरिएको छ । यो घटना प्रान्तमा घातक खानी दुर्घटनाको श्रृङ्खलामा पछिल्लो हो ।
सन् २०२५ अक्टोबर मा बदख्सान प्रान्तको अर्को खानीमा एउटा सुरुङ्ग ढल्दा दुई जना सुन खानी मजदुरको ज्यान गएको थियो । अफगानिस्तानमा अनियन्त्रित खानी उत्खनन अभ्यास, अपर्याप्त सुरक्षा उपकरण, र देशको बहुमूल्य भूमिगत स्रोतको निकासीमा असक्षम श्रमको प्रयोगलाई यस्ता बारम्बार हुने मृत्युको श्रेय दिइन्छ । रासस/सिन्ह्वा