• २७ पुस २०८२, आइतबार

प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने

blog

पत्रकार सम्मेलन मार्फत खेल सहभागी हुने क्लब सार्वजनिक गर्दै आयोजक टिम । तस्बिर : साहारा लिम्बू

साहारा लिम्बू 
फुङलिङ, पुस २६ गते ।
ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ती )को अवसरमा ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कप सञ्चालन हुने भएको हो ।

शनिबार फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गरी फक्ताङलुङ गाउँपालिका–३, लिङ्खिमस्थित सिंवा बजारमा मेलासँगै गोल्ड कप सञ्चालन हुने जानकारी गराइएको छ । मेला यस अघि पनि सञ्चालन हुँदै आएको थियो भने गोल्ड कप भने पहिलो पटक सञ्चालन गर्न लागिएको हो ।

आमन्त्रीत गोल्ड कपमा जम्मा आठ समूहको सहभागिता रहने माघे मेला सञ्चालन समितिका अध्यक्ष तेजविर लिम्बूले जानकारी दिनु भयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक सिंवा स्पोर्टिङ क्लब लिङ्खिम, जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुङगेसाँघु, ड्रिम बोइज एफ.सि. धनकुट्ट, खाम्लालुङ ग्रामीण युवा समाज तेह्रथुम, नाम्थोक युवा क्लब पाँचथर, वि.सि.एस. मेमोरियल युवा क्लब सावादिन, श्री लालीगुराँस स्पोर्टिङ युवा क्लब सुरुमखिम र कन्काई सपोर्टिङ क्लब झापाको उपस्थिति रहने छ ।

प्रतियोगिताको विजेताले नगद तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । यस्तै दोस्रो हुनेले नगद एक लाख ७५ हजार रुपियाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष लिम्बूको भनाइ छ । साथै वेस्ट प्लेयर, वेस्ट डिफेन्डर, हाई स्कोर र वेस्ट किपरका लागि पति उचित पुरस्कारको व्यवस्था गरिएको छ ।

मेलामा वृहत माघेनी मेला साङ्गीतिक साँझ–२०६२ समेत सञ्चलन हुने संस्कृतिक संयोजक फुङनाम लिङ्खिमले जानकारी दिनुभयो । उहाँका अनुसार साङ्गीतिक साँझमा राष्ट्रीय कलाकार तारा प्रकाश लिम्बूसँगै चर्तित कलाकार र स्थानीय कालाकारको प्रस्तुति रहने छ ।

विषेश गरी सिंवा बजारलाई जिल्लाको तेस्रो ठुलो बजार मानिन्छ । सिंवा बजार ताप्लेजुङको पर्यटकीय क्षेत्र कञ्चनजङ्घा हिमाल, कुम्भकर्ण हिमाल, ऐतिहासिक क्षेत्र ओलाङ्चुङगोला, सिङ्जेमा तालसँगै चीनको सीमा नाका तिपतालाको प्रवेशद्वार भएकाले यसको प्रवर्धनसँगै व्यापारिक क्षेत्र बनाउनका लागि मेला सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।