• २७ पुस २०८२, आइतबार

राप्रपा बागलुङको अध्यक्षमा सापकोटा

blog

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बागलुङको जिल्ला अधिवेशनबाट अध्यक्ष बन्नुभएका विष्णु प्रसाद सापकोटा । तस्बिर सौजन्य : पत्रकार सिर्जना पन्त

नवराज नेपाली 
बागलुङ (गलकोट), पुस २६ गते ।
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बागलुङको जिल्ला अधिवेशनबाट विष्णुप्रसाद सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

जिल्ला कार्य समितिको उपाध्यक्षहरुमा लक्ष्मीप्रसाद सापकोटा, सुरजबहादुर खड्का र पार्वती शर्मा चयन हुनुभएको छ । सचिवपछि चयन गरिने राप्रपाले जनाएको छ । समितिका सदस्यहरुमा सुरेन्द्र खड्का, दिपक कुँवर, देवीप्रसाद कंडेल, गोविन्द पुन, शिवलाल सापकोटा, गुणाखर कंडेल, भूमा कंडेल, चेतनारायण आचार्य, सुरजबहादुर भण्डारी, अञ्चल शाही, कृष्ण खरेल, शान्ता कुमारी चन्द, सचिन सापकोटा, ललितबहादुर क्षेत्री, केशव कार्की, सुरेन्द्र छन्त्याल र सुदिप गौतम रहनुभएको छ ।

जिल्ला अधिवेशनमा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार समितिका सदस्य टिकाराम सापकोटाले राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको नीतिबाट मात्रै मुलुकमा राजनीतिक स्थायित्व प्राप्त हुने भएकाले आम जनताका बिचमा यसको बारेमा जानकारी गराउन जिल्ला कार्यसमितिले योजनावद्ध कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभएको थियो । राप्रपाका केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन पर्यवेक्षक विन्दु पौडेल लगायतले कार्यक्रममा आफ्नो भनाइ राख्नुभएको थियो ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबिच एकीकरणपछि राप्रपाले देशव्यापी रुपमा समिति गठन अभियान सञ्चालन गरिएको  राप्रपा बागलुङका अध्यक्ष सुरेन्द्र खड्काले बताउनुभएको थियोे ।