काठमाडौँ, पुस २६ गते । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ६५ पैसा र बिक्रीदर १६८ रुपियाँ ३५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपियाँ ०९ पैसा र बिक्रीदर १९३ रुपियाँ ९० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपियाँ ०२ पैसा र बिक्रीदर १८० रुपियाँ ७७ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपियाँ २२ पैसा र बिक्रीदर ९६ रुपियाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपियाँ ८० पैसा र बिक्रीदर १०४ रुपियाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपियाँ ९० पैसा र बिक्रीदर ११२ रुपियाँ ३७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १३ पैसा र बिक्रीदर नौ रुपियाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ ६२ पैसा र बिक्रीदर २० रुपियाँ ७१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ३९ पैसा र बिक्रीदर ३८ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ ३९ पैसा र बिक्रीदर ३९ रुपियाँ ५५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपियाँ ३४ पैसा र बिक्रीदर ३५ रुपियाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८७ पैसा र बिक्रीदर ९ रुपियाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ६१ पैसा र बिक्रीदर १५ रुपियाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ४४ पैसा र बिक्रीदर २२ रुपियाँ ५३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ४७ पैसा र बिक्रीदर १८ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७१ रुपियाँ ११ पैसा र बिक्रीदर ४७३ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपियाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपियाँ ५० पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७५ रुपियाँ ५२ पैसा रहेको छ । यस्तै,भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ । रासस