• २६ पुस २०८२, शनिबार

शीतलहरबाट वच्न कम्बल बितरण

blog

कम्बल वितरण गरिदै । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), पुस २५ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ५ मा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मले विपन्न परिवारलाई शुक्रबार न्यानो कम्बल वितरण गरेको छ । 

गुल्मले २५ औं सशस्त्र प्रहरी दिवस २०८२ को अवसर पारेर पालिका अन्तर्गतको विपन्न वर्गमध्ये अशक्त, अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकलाई अत्यधिक बढेको शीतलहरबाट बच्न न्यानो कम्बल वितरण गरेको हो ।

गुल्मीका प्रमुख राजु थापाले २० जनालाई यो कम्बल बितरण गरिएको जानकारी दिनुभयो । जाडो मौसममा शीतलहर एवं विभिन्न प्रकारका दैवी प्रकोपबाट बच्न र सीमा क्षेत्रमा शान्ति सुरक्षामा जिम्मेवारीपूर्वक सेवामा निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।