वासिङ्टन, पुस २५ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गर्नु भएको छ । मचाडो भेटवार्ताका लागि अर्को हप्ता वासिङ्टन आउने राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा बताइएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति र मचाडो बिचको यो पहिलो भेट अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी न्युयोर्कमा लागु-औषध र हतियारको अभियोगमा मुद्दाको सामना गर्न लगेको एक हप्ता पछि हुनु लागेको हो । गत हप्ता ट्रम्पले मचाडोलाई भेनेजुएलामा देशको नेतृत्व गर्ने सामथ्र्ये नभएको उल्लेख गर्दै अमेरिकाले भेनेजुएलालाई वर्षौसम्म नियन्त्रण गर्न सक्ने सुझाव दिएको जनाइएको छ ।
उहाँले फक्स न्यूजलाई दक्षिण अमेरिकी देश भेनेजुएला हाल अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा, नयाँ चुनाव गर्ने स्थितिमा नभएको बताउनु भएको छ । मचाडोले आफ्नो नोबेल पुरस्कार ट्रम्पसँग बाँड्न प्रस्ताव गरेको बताउँदै ट्रम्पले यो आफ्नो लागि सबै भन्दा ठुलो सम्मान हुने उल्लेख गर्नु भएको छ । रासस/एएफपी