• २६ पुस २०८२, शनिबार

धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालयलाई उपकरण सहयोग

blog

समाजसेवी नविन रेग्मीले सहयोग गर्नुभएको उपकरणहरु । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), पुस  २५ गते ।
बागलुङको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालयलाई व्यवसायी नविन रेग्मीले विभिन्न उपकरणहरु सहयोग गर्नुभएको छ ।

गल्कोट नगरपालिका वडा नम्बर २ मेल्कोट जन्म घर भई हाल जापानको ओशाकमा बसोबास गर्नु हुने व्यवसायी रेग्मीले एक लाख बराबरको पानी शुद्ध गर्ने मेशिन, बार कोड स्कानर मेशिन, इन्टरनेट राउटर, टेलिफोन सेट उपलब्ध गराएको हो ।

बुबा रामप्रसाद रेग्मी तथा आमा मसिना रेग्मीको स्मृतिमा पुस्तकालयमा आउने पाठक र कर्मचारीलाई सेवा लिन सहज होस भनेर उक्त सामान सहयोग गरेको रेग्मीले बताउनुभयो ।

पुस्तकालयमा आउने पाठकहरुलाई पानी शुद्ध गर्ने मेशिन, बार कोड स्कानर मेशिन, इन्टरनेट राउटर, टेलिफोन सेट जस्ता सामान नहुँदा सेवा दिन असहज भएको थियो, मैले रेग्मीलाई उक्त समस्या बताएपछि आमाबुबाको स्मृतिमा एक लाख बराबरको सामान सहयोग गर्नु भएको धवलागिरि बहुमुखी क्याम्पसको पुस्तकालय प्रमुख कल्पना रेग्मीले जानकारी दिनुभयो ।

पुस्तकालयमा दैनिक १० देखि १५ जना पाठकहरु पुस्तक र पत्रिकाहरु अध्ययन गर्न आउने गरेका छन् । दैनिक सयभन्दा बढी विद्यार्थीहरुले पुस्तक अध्ययनका लागि घरमा लैजान गर्दछन् ।

पुस्तकालयमा ५० हजार बराबरको पुस्तकहरु उपलब्ध रहेको र पुस्तकालय बिहान ६ देखि साँझ ५ बजेसम्म सञ्चालनमा रहेको क्याम्पस पुस्तकालय बताएको छ ।

विद्यार्थी र आम पाठकलाई पठनपाठनप्रति आकर्षित गर्न प्रविधिमैत्री पुस्तकालयमा २५ थान कम्प्युटर जडान गरेर सफ्टवयरमार्फत पनि  अध्ययन गर्न सकिने व्यवस्था मिलाइएको क्याम्पस प्रमुख सह प्रा.डा सुदर्शन सिलवालले बताउनुभयो ।