काठमाडौँ, पुस २३ गते । कराते खेलाडी, कोच र रेफ्रीको बिदाइ
काठमाडौँ, पुस २३ गते । भारतमा आयोजना हुने चौथो नेपाल इन्टरनेशनल क्युकोशिनकाई कराते (एफआईकेके) प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आगामी पुस २६ र २७ गते भारतको आसाममा हुने उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा कराते केन्द्रीय संघका अध्यक्ष रमेश पहारी, राखेपका सचिव राम चरित्र मेहता, केन्द्रीय डोजोका अध्यक्ष रामहरी केसी, उपाध्यक्ष संजय थापा, शारदा थिङ, रोबिन बज्राचार्य, राजकुमार नगरकोटी, विजय पहाडी, बुद्धिराज पहाडी, प्रविन बज्राचार्य, गंगाराज पहाडी तथा सतिक्षा तामाङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै सुरक्षित यात्रा र उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेका थिए।
प्रतियोगितामा कोचका रूपमा केशव देशर तथा रेफ्रीका रूपमा राम ब्यञ्जनकार सहभागी हुनेछन्।
यस्तै, खेलाडीहरूमा समर्पण देशर, आर्पित मोक्तान, अभिषेक डंगोल, संगीत कुमार श्रेष्ठ, वर्षन नापित र निर्जल लङ्गाली सहभागी हुनेछन्।