• २५ पुस २०८२, शुक्रबार

सीमा अपराध र शान्ति सुरक्षाबारे छलफल

blog

सीमा जिल्ला समन्वय बैठकमा सहभागी दुई देशका सुरक्षा अधिकारीहरु ।

अविनाश चौधरी

धनगढी, पुस २४ गते । नेपाल–भारत दुई देशका सुरक्षा अधिकारीबिच सीमा अपराध र शान्ति सुरक्षाको सवालमा छलफल भएको छ ।

आज कैलालीको गोेदावरीमा भएको सीमा जिल्ला समन्वय बैठकमा नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई समेत मध्यनजर गरेर खुला सिमानाका कारण हुन सक्ने सीमा अपराध र शान्ति सुरक्षाको बारेमा छलफल गरिएको हो । 

बैठकमा स्थानीयस्तरमा द्विपक्षीय समस्याहरु समाधानलगायत समसामयिक विषयमा पनि छलफल भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । 

बैठकमा कैलालीबाट प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, कञ्चनपुरबाट प्रमुख जिल्ला अधिकारी मदन कोइराला र भारतको लखिमपुरखिरीबाट जिलाधिकारी दुर्गा शक्ति नागपालको नेतृत्वमा सुरक्षा अधिकारीको उपस्थिति रहेको थियो ।