अनिल पराजुली
हेटौँडा, पुस २४ गते । सामाजिक कार्यमा सक्रिय सहयोगी मन नेपालले हेटौँडा –६ स्थित रक्षादेवी टोल विकास संस्थालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
सहयोगी मन नेपालले बिहीबार दुई थान प्रेसर जाँच्ने मेसिन, एकथान थर्मामिटर तथा एकथान अक्सिजन नाप्ने मेसिन टोल विकास संस्थालाई उपलब्ध गराएको हो । नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईले टोल विकास संस्थाका अध्यक्ष केशवप्रसाद कोइरालालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सहयोगी मन नेपालका सल्लाहकार शिवप्रसाद खनालले बताउनुभयो । स्वास्थ्य सामग्री उपलब्ध भएपछि टोलमा रहेका बिरामीलाई नियमित स्वास्थ्य जाँचमा सहजता हुने टोल विकास संस्था सचिव शम्भुबहादुर रिमालले बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य मुना विक, निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरुको सहभागिता थियो ।