• २५ पुस २०८२, शुक्रबार

धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयमा गृहमन्त्रीलाई ध्यानाकर्षण

blog

गृहमन्त्री आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले मन्त्रालयमा धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण ।

काठमाडाैं, पुस २४ गते । गृहमन्त्री ओमप्रकाश आर्यालसँग विश्व हिन्दु महासघंका अध्यक्ष अस्मिता भण्डारी लगायत संस्थाका प्रतिनिधिहरुले विहिबार मन्त्रालयमा धार्मिक क्षेत्रको शान्ति सुरक्षाको विषयको सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ । 

मन्त्रालयमा भएको छलफलमा गृह मन्त्री ‌ओमप्रकाश अर्यालले बहुसांस्कृतिक र बहुजातिय  देशमा धार्मिक अशान्ति फैलिने  खालका कुनै पनि गतिविधि गर्न नहुने र कसैले गरेमा त्यसलाई कानुन बमोजिम कारवाहीको दायारमा ल्याइने कुरा बताउनुभयो। 

भेटका क्रममा अर्यालले देशमा शान्ति तथा अमन  चयन कायम गर्न र एक अर्काको धर्मिक आस्था र विश्वासलाइ स्वीकार र सम्मान गर्दै समाजमा धार्मिक सहिष्णुता सामाजिक सद्भाव र अमनचैन कायम राख्न धार्मिक सघं सस्थाहरुको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो।  

छलफलका क्रममा अर्यालले सामाजिक सञ्जालमार्फत फैलाइने धार्मिक असहिष्णुता र भ्रामक खबर तथा सूचनाहरूको नागरिक स्तरबाटै प्रतिवाद गर्न र भ्रामक खबरहरु विरुद्ध समाजिक स्तरमा नै सचेतना फैलाएर  समाजमा सामाजिक र धार्मिक सहिष्णुता कायम राख्न अनुरोध गर्नुभएको छ।